धादिङ ०६ श्रावण
बागमती प्रदेश युवा परिषद सदस्यमा धादिङका अमृत तामाङ नियुक्त हुनुभएको छ ।
खेलकुद मन्त्री रत्न ढकालले तमाङलाई युवा परिषद सदस्यमा नियुक्त गर्नुभएको हो । सपथ ग्रहण भने सबै सदस्यहरु नियुक्त भएपछि मात्रै हुने बताईएको छ ।
प्रदेश युवा परिषद् ऐन २०७६ अनुसार मन्त्रालयले उपाध्यक्षसहित युवाको हकहितको संरक्षणमा योगदान पु¥याएका कम्तीमा तीन जना महिला सहित ६ जना र उद्योग, श्रम, कृषि, खेलकूद, विज्ञान प्रविधि, सूचना, सञ्चार, वातावरण, साहित्य तथा कलाक्षेत्रबाट प्रतिनिधित्व हुने गरी ४ जना र लैङ्गीक तथा यौनिक अल्पसङ्ख्यक मध्येबाट एक जना गरी ११ जना सदस्य मनोनीत गर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस