स्वास्थ्यकर्मी नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य ।।
धादिङ
बाजुराको एउटा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँदा एक महिलाले बाटोमै बच्चा जन्माउनु परेको छ । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ मुक्तिकोटका कार्तिके वि.कले बाटोमै बच्चा जन्माउनुभएको हो ।
उहाँ हिजो आफ्नै वडाको फयालगाउँस्थित सामुदायिक स्वास्थ्य इकाईमा सुत्केरी हुन जानुभएको थियो । तर स्थायी सेवाका वरिष्ठ अहेव विर्ज वि.क गाउँपालिका गएको र गाउँपालिकाबाट यसअघि नियुक्त भएका करार सेवाका स्वास्थ्यकर्मीको म्याद वर्तमान जनप्रतिनिधिले थप नगरेपछि स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी थिएनन् । स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नै नभएपछि फर्किदै गर्दा कार्तिके वि.कले बाटोमै बच्चा जन्माउनुभएको हो ।
अनलाईन खबर
प्रतिक्रिया दिनुहोस