बाजुरामा कालाजारबाट एकजना पुरुषको मृत्यु ।।
धादिङ
बाजुराको बुढीनन्दा नगरपालिकामा कालाजारका कारण एक जनाको मृत्यु भएको छ । कालाजारबाट गम्भीर बिरामी परेका ५२ वर्षका पर्वलाल गुरुङ्गको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको थियो । त्यहाँ उपचार सम्भव नभए पछि स्वास्थ्य केन्द्रका प्रमुख चेत बहादुर धामीले अन्यत्र लैजान सुझाव दिनुभएको थियो । तर, आर्थिक अवस्था कमजोर भएका कारण थप उपचार गर्न नसक्दा गुरुङ्गको मृत्यु भएको हो । यसअघि दुई वर्ष पहिले कालाजारबाट स्वामीकार्तिक खापर गाउँपालिका वडा नं. ५ मा एक बालिकाको मृत्यु भएको थियो । बाजुरामा पछिल्लो दुई वर्ष यता १४ जनामा कालाजार पुष्टि भएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा १३ र जिल्ला अस्पताल बाजुरामा १ गरी १४ जनामा कालाजार सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । सरकारले कालाजारको जाँच र उपचार निः शुल्क गर्ने व्यवस्था गरेको छ ।
अनलाईन खबर
प्रतिक्रिया दिनुहोस