धादिङ ०५ श्रावण
धादिङको नेत्रावती डबजोङ गाउँपालिका बेरुजु फछ्यौटमा बागमती प्रदेशकै प्रथम भएको छ। महालेखा परिक्षककोे ५९ औँ बार्षिक प्रतिवेदन अनुसार नेत्रावती डबजोङ गाउँपालिकाले ०.१२ अंक प्राप्त गरी प्रथम हुन सफल भएको हो।आर्थिक बर्ष ०७७/०७८ मा बेरुजु फछ्यौटमा नेत्रावती डबजोङ गाउँपालिका प्रथम भएको हो ।
यसैगरी हरिहर गाउँपालिका सिन्धुलीले ०.३८ अंक प्राप्त गरी दोस्रो हुन सफल भएको छ । भरतपुर महानगरपालिकाले ०.५६ अंक प्राप्त गरी तृतिय स्थान हासिल गर्न सफल भएको छ । ७५३ मध्ये आर्थिक बर्ष २०७७/७८ मा ७४४ स्थानीय तहको मात्र लेखा परीक्षण गरिएको थियो।
महालेखा परीक्षकको कार्यालयले ७४४ स्थानीय तहको ९ खर्ब ९३ अर्ब ५९ करोड ३१ लाखको लेखापरीक्षण गरिएको थियो। प्युठानको मल्लरानी,सरुमारानी गाउँपालिका र ताप्लेजुङको सिरीजंगा गाउँपालिकाको बेरुजु शुन्य गर्न सफल भएका छन् ।
धादिङ जिल्लाको १३ स्थानीय तह मध्ये १.६९ अंक प्राप्त गरी बेनिघाट रोराङ गाउँपालिका दोस्रो हुन सफल भएको छ । यसैगरी २.६३ अंक प्राप्त गरी थाक्रे गाउँपालिका दोस्रो र २ दशमलब ७८ अंक प्राप्त गरी गंगाजमुना गाउँपालिका तृतीय हुन सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस