धादिङ ०३ श्रावण
धादिङको रुविभ्याली गाउँपालिकामा २ दिनभित्रमा करारका स्वास्थ्यकर्मी पदस्थापन हुने भएको छ । करार अबधि सकिएका कर्मचारीलाई म्याद नथप्ने निर्णय गरेसँगै पदमुक्त भएका थिए ।
गाउँपालिकाले पुनः कर्मचारी माग गरेर मङ्गलबार लिखित परीक्षा सञ्चालन गरी बुधबार नै कार्यक्षेत्रमा खटाइने गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले जानकारी दिनुभयो ।
गाउँपालिकाको करार कर्मचारीको म्याद नथप्ने निर्णयका कारण स्वास्थ्य सेवा प्रभावित भएको भन्दै सामाजिक सञ्जालमा टिका टिप्पणी भएको थियो ।
गाउँपालिका उपाध्यक्ष तामाङले करार कर्मचारीको करार अबधि जम्मा ६ महिनाको मात्र हुने भएकाले नियमित प्रकृयामा पालिका गएको बताउँदै गाउँपालिकाले आवेदन माग गरेका पदहरुमा पुराना नयाँ सबै कर्मचारीले सहभागिता जनाएर प्रतिस्पर्धा गर्न पाउने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस