नेपाली काँग्रेसले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय, सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनका दलहरूसँग सम्वाद गरेर चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो ।
पार्टीलाई आसन्न प्रदेश र प्रतिनिधिसभामा प्रष्ट बहुमत तर्फ लक्षित गराउने काँग्रेसले निर्णय गरेको छ । संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरणका गर्दै जननताको समुन्नतिको सपनालाई स्थिर सरकार मार्फत सम्बोधन गर्नका लागि केन्द्रीय समितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ, निर्णयमा भनिएको छ ।
तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने काँग्रेसले बताएको छ ।
प्रतिक्रिया दिनुहोस