धादिङ ०२ श्रावण
धादिङको रुविभ्याली गाउँपालिकाबाट माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सोमबार एक कार्यक्रमका बिच राप्रपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा वडा नं. ६ बाट नीर वहादुर तामाङ, आशिष तामाङ, वडा नं. ५ बाट उर लामा तामाङ रहेका छन् ।
स्थानीय विद्यालय प्रधानाध्यापक समेत रहेका नीर बहादुर तामाङ माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेका हुन् भने आशिष तामाङ राप्रपाबाट वडा सदस्यको उम्मेद्वार समेत हुनुहुन्छ । यस्तै उर लामा तामाङ स्थानीय विद्यालयको व्यवस्थापन समिति अध्यक्ष हुनुहुन्छ ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति धादिङका संयोजक मनराज भण्डारीले स्थानीय निर्वाचन पश्चात धादिङमा माओवादी केन्द्रप्रति ध्रुवीकरणको सुरुवात भएको र सम्पूर्ण श्रमिक, महिला, किसान, दलित, उत्पीडित र जनजातीहरुको पार्टी माओवादी केन्द्र भएकाले सम्पूर्ण युवाहरुलाई गोलबन्द हुन आग्रह गर्नुभयो ।
यस्तै बागमती प्रदेश सभा सदस्य एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य जगत सिंखडाले माओवादी पार्टी नै देश विकासको सम्बाहक भएको तथा समावेशी, समानुपातिक, धर्म निरपेक्षता, संघीयता, गणतन्त्रको शुत्रधार पार्टी माओवादी भएकाले माओवादी केन्द्रमा आवद्ध हुन आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस