मनिष श्रेष्ठ
धादिङ ८ श्रावण
जिल्ला प्रहरी कार्यालय धादिङले बुधबार विभिन्न समयमा चोरीमा सङ्लग्न ३ जनालाई प्रक्राउ गरी सार्वजनिक गरेको छ । प्रक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष २० का सुजन ठकुरी,सोही ठाउँका वर्ष १८ का किशान श्रेष्ठ र वर्ष २० का निशान सुन्दास रहेका छन् । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ एमाले चोक स्थित निशान सुन्दासको कोठा खानतलासी गर्दा नीजको कोठामा चोरी गरी ल्याएको सामानहरु फेला पारी चोरीमा संलग्न ३ जनालाई पक्राउ गरिएको हो ।
२०७६ असार ९ गते अन्दाजी ९ः३० बजे सोही ठाउँका नारायण श्रेष्ठले आफ्नो डेरा कोठाबाट स्यामसुङ जे सेभेन र नगद समेत चोरी भएको भनी जिल्ला प्रहरी कार्यालय धादिङमा निवेदन दिए पश्चात खोजतलास गर्ने क्रममा प्रहरीले नीजकोे साथबाट विभिन्न ब्रान्डका मोबाइल १२ थान ढलौटका लोटा २ थान, कचौरा १२ थान खुकरी १ थान, हम्बर १ थान, रड १ थान लगायत चोरी गरेका विभिन्न सामग्रीहरु बरामद गरी सार्वजनिक गरिएको हो । चोरीमा संलग्नलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयबाट चोरी मुद्धामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस