नेपालमा थप २६० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ८४४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २१४ जना तथा एन्टिजेन विधिबाट ४६ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये सबैभन्दा बढी काठमाडौँमा १३७ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ४८ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर १ हजार १७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस