शुक्रबार हुने प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको चुनावमा कांग्रेस र एमाले उम्मेदवार भिड्ने भएका छन्।
संघीय संसद सचिवालयका अनुसार निर्धरित समय भित्रमा दुई जना उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन् । जसमा सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) की सांसद विद्या भट्टराईले उपसभामुख पदका लागि उम्मेदवारी दिएका छन् । भट्टराई प्रतिनिधि सभा उपनिर्वाचनमा कास्की–२ बाट निर्वाचित एमाले सांसद हुन्।
उनले शान्ता चौधरीको प्रस्ताव र कृष्णभक्त पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी छन् । यस्तै कांग्रेस सचेतकसमेत रहेकी भुसालले नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरूङ प्रस्तावक र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा मनोनयन दर्ता गराएकी हुन् । भुसाल यसअघि पनि उपसभामुख उम्मेदवार भएर पराजित भएकी थिइन्।
प्रतिक्रिया दिनुहोस