धादिङ २८ असार
धादिङको ज्वालामुखी गाउँपालिकाले किसानलाई खेतबारी जोत्ने मेसिन (मिनी टिलर) वितरण गरेको छ ।
गाउँभित्रका कृषक समूह, कृषि फर्म र व्यावसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा ३० थान मिनी टिलर वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले किसानहरुलाई मिनी टिलर हस्तान्तरण गर्नुहुदै कृषिमा आधुनिकीकरण र यान्त्रीकरण गर्न किसानलाई मिनी टिलर वितरण गरिएको बताउनुभयो ।
साथै उहाँले वास्तविक किसान पहिचान गरी छुट्नुभएको किसानहरुलाई पालिकामा सम्पर्क गर्न र आगामी कार्यक्रमहरुमा यस कार्यलाई निरन्तरता दिँदै जाने बताउनुभयो ।
बाँझो जमिनबाट उत्पादन लिन मिनी टिलर सहयोगी हुने र मिनी टिलर पाएपछि खेती किसानी गर्न सजिलो हुने किसानहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस