राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गर्ने समय सारेको छ।
बोर्डले आगामी साउन पहिलो हप्ता मात्रै नतिजा प्रकाशन गर्न सकिने जनाएको हो। बोर्डले यसअघि यही असार मसान्तभित्र एसइई नतिजा प्रकाशित गर्ने जनाएको थियो।
सबै प्रकृया पूरा नभएकाले नतिजा प्रकाशन गर्ने समय सरेको बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए।
एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो। बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन्। यसअघिका दुई वर्ष कोभिड-१९ महामारीका कारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गरिएको थियो।
प्रतिक्रिया दिनुहोस