धादिङ ०७ श्रावण
समाजसेवा नै सबै भन्दा ठुलो धर्म हो विपदको बेलामा एकजुट हौं भन्ने मुल नाराको साथ आइतबारबाट नागरिक समाज धादिङका युवाहरुले तराईको वाढी तथा पहिरो पीडितलाई राहत रकम सङ्कलन अभियान सुरु गरेका छन् । स्थानीय युवा राजन लम्सालको संयोजकत्वमा आइतबारबाट सुरु भएको कार्यक्रममा पुछार बजारदेखि शान्तबजार, पहरे चौतारा, मिलनटोलसम्म रकम सङकलन गर्दा रु ६९ हजार सङकलन भएकोे छ ।
अभियानलाई निरन्तर जारि राख्ने संयोजक लम्सालले बताउनु भयो । अभियानमा संयोजक लम्साल सहित समाजसेवी नारायण कुमार श्रेष्ठ ,हरी श्रेष्ठ, तातो माथि पिरोका कलाकारहरु रवि भटराई ,धम्रेन्द्र श्रेष्ठ, मनिष श्रेष्ठ, एक प्रसाद घिमिरे लगायतको सहभागिता रहेको थियो । अभियान अन्तरगत निरन्तर सहयोग रकम सङ्कलन कार्य जारी रहने भएकाले सबैलाई सहभागिताको लागि र सहयोगी मनहरुलाई सहयोगको अपिल गरिएको छ ।
प्रतिक्रिया दिनुहोस