धादिङ २४ आषाढ
धादिङको ज्वालामूखी गाउँपालिका वडा नं. २ मा रहेको ठुलोचौर माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मानव बेचविखन विरुद्ध समुदायको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा कार्यक्रममा कक्षा ९ मा अध्ययनरत निरुता थापा मगर प्रथम, कक्षा १० मा अध्ययनरत अस्मिता अधिकारी द्धितीय, कक्षा १० मै अध्ययनरत निशान बस्याल तृतीय र कक्षा १० मै अध्ययनरत अंकित श्रेष्ठ सान्त्वना भएका थिए ।
मानव अधिकार एलाइन्स धादिङ शाखा र आइसिडिसि धादिङको सहकार्यमा सञ्चालित कार्यक्रममा पालुवा बाल क्लबका अध्यक्ष शालिकराम आलेको अध्यक्षता रहेको थियो । यस्तै विद्यालयका प्रधानाध्यापक श्याम कुमार श्रेष्ठको प्रमुख आतिथ्य रहेको कार्यक्रममा निर्णायकहरु राम बहादुर पुरी, सिर्मला थापा र राजेन्द्र दुवाडी रहनुभएको थियो ।
२६ जना सहभागीता रहेको प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई स्टेशनरी सामाग्रीका साथै नगद पुरस्कारद्धारा पुरस्कृत गरिएको मानवअधिकार एलाइन्स जिल्ला शाखा धादिङका कोषाध्यक्ष राजन दुवाडीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस