धादिङ
बाजुराको बूढीगङ्गा नगरपालिकामा हिजो सम्पन्न भएको पालिका चुनावको मतगणना आजदेखि सुरु हुँदैछ ।
मतगणनाको लागि केहीबेरमा सर्वदलीय बैठक बस्न लागेको निर्वाचन अधिकृत लक्ष्मण कडायतले उज्यालोलाई जानकारी दिनुभयो ।
हिजो सकिएको मतगणना हिजो रातिदेखि नै मतगणना सुरु गर्ने योजना भए पनि मतपेटिका सङ्कलन, मुचुल्का उठाउने लगायतका काममा ढिलाइ भएको र कर्मचारी तथा दलका प्रतिनिधिले पनि थकाइका कारण आजदेखि मात्रै गणना सुरु गर्ने सहमति गरेको कडायतले जानकारी दिनु भयो ।
बूढीगङ्गामा १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो । बूढीगङ्गामा गएको वैशाख ३० गते नै पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले हिजो पुनस् चुनाव गरेको हो ।
बूढीगङ्गाको मेयरमा कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिनुभएको छ ।
अनलाईन खबर
प्रतिक्रिया दिनुहोस