धादिङ २३ असार
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा न ७ खहरे स्थित नेत्रावती सामुदायिक क्याम्पसमा प्राध्यापकहरुको लागि चार दिने अनुसन्धान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
नेत्रावती सामुदायिक क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोजनाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रम २० गते देखि २३ गतेसम्म संचालन भएको हो ।
क्याम्पस संचालक समितिका अध्यक्ष सुमन धरेलको अध्यक्षतामा भएको कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्ष देवराज धरेलको प्रमुख आतिथ्य र वडा अध्यक्ष सुवास अधिकारीको विशेष आतिथ्य रहेको थियो ।
प्राध्यापकहरुको क्षमता अभिबृद्धि गराउने उदेश्यले आयोजित गोष्ठिमा नीलकण्ठ बहुमुखी क्याम्पस, सल्यानटार क्याम्पस र नेत्रावती बहुमुखि क्याम्पसका प्राध्यापकहरुको सहभागिता रहेको थियो भने काठमाण्डौँबाट आउनुभएका प्राध्यापक डा.शंकर खनाल, डा विनोद दवाडि, डा. विजयलाल प्रधान र सुधा मैनालीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमले विद्यार्थीहरुलाई पढाउन र सिकाउन थप उर्जा थपिएको सहभागिहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस