धादिङ २३ आषाढ
धादिङको बेनिघाट रोराङ गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्रा वितरण गरिएको छ ।
उनीहरुको आयआर्जनमा बृद्धि गर्दै जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले बाख्रा वितरण गरिएको गाउँपालिका स्रोतले जानकारी दिएको हो ।
करिब ३ लाख बराबरको बाख्रा खरिद गरेर ३० जना अपाङ्गता भएका व्यक्तिहरुलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलियाले बताउनु भयो ।
अपाङ्गताको वर्गीकरण गरेर गाउँपालिका विशेष कार्यक्रम सुरु गरेको बताउदै थपलियाले स्थानीय सरकार सदैब गाउँबासीकै सेवामा तल्लिन रहने प्रतिबद्धता समेत जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस