धादिङ
बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय चुनाव आज भएको छ हुदै ,।
बिहीबार बिहान ७ बजेदेखि मतदान सुरू भएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले सेतोपाटीलाई बताए। मतदानको कार्य अपरान्ह ५ बजेसम्म चल्नेछ।
यहाँ गत वैशाख ३० मा स्थानीय चुनाव भए पनि बुथ कब्जा भएको भन्दै बिबाद भएपछि पुनस् निर्वाचन गर्ने निर्णय निर्वाचन आयोगले गरेको थियो।
बुढीगंगामा नेपाली कांग्रेस र नेकपा एमालेबाट मेयर तथा उपमेयरका उम्मेदवार छन्।
कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ मेयर पदका लागि उम्मेदवार छन्। यो निर्वाचनमा म्यादी प्रहरी खटाइएका छैनन्।
मतदानका लागि १० मतदान स्थल र १९ केन्द्र छन्।
नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएका छन्। मतदान सकिएपछि मतपेटिका संकलन गर्ने र सकेसम्म आजैदेखि मतगणना सुरू गर्ने तयारी छ।
शान्तिपूर्ण तवरले मतदान भइरहेको प्रजिअ अधिकारीले बताए।
अनलाईन खबर
प्रतिक्रिया दिनुहोस