धादिङ २२ आषाढ
जनयुद्धका महान् सहिद गणेश तामाङ(द्धन्दु) र राजु दाहाल(सागर) को २२ औँ स्मृति दिवस बुधबार सम्पन्न भएको छ । धादिङको खनियाबास गाउँपालिका चौकी टोलमा स्मृति दिवस मनाइएको हो ।
नेकपा(माओवादी केन्द्र) खनियाबास गाउँपार्टीका वरिष्ठ उपाध्यक्ष च्याबाराम तामाङको अध्यक्षतामा सम्पन्न स्मृति सभामा खनियाबास गाउँपालिकाका उपाध्यक्ष एवं माओवादी केन्द्र खनियाबास गाउँपालिक इन्चार्ज सेक्केमान तामाङको प्रमुख आतिथ्य रहेको थियो ।
यस्तै अतिथिहरुमा माओवादी केन्द्र खनियाबास गाउँ कमिटीका सह–सचिव परेम बहादुर तामाङ, सहिद द्धन्दुकी आमा, श्रीमती र दिदी रहनुभएको थियो ।
कार्यक्रममा उपस्थित सहिद द्धन्दुकी आमा, श्रीमती र दिदीले उहाँको बाल्यकाल, जनयुद्धमा होमिदाको अवस्था र तात्कालिन साहि नेपाली सेनाद्धारा गरिएको धरपकड एवं हत्याका बारेमा स्मरण गर्नुभएको थियो । युवा नेता प्रेम बहादुर तामाङले सहिद द्धन्दुको स्मरण र सम्मानार्थ उहाँकै नाममा स्थापित खेलमैदानलाई आफूले बजेट व्यवस्थापन गर्न पहल गरेको बताउनु भयो ।
यस्तै गाउँपालिका उपाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि सेक्केमान तामाङले सहिद द्धन्दुको जीवनीलाई स्थानीय पाठ्यक्रममा समेट्ने र उहाँको सम्मानार्थ सहिद पार्क निर्माण गर्ने प्रतिबद्धता जनाउनु भयो । गाउँकमिटी सचिव मनिल लामाले सञ्चालन गर्नुभएको कार्यक्रममा सहिद परिवारलाई सम्मान समेत गरिएको थियो ।
सहिद द्धन्दु र सागरको २०५८ साल आषाढ २२ गते आजकै दिन नुवाकोटको तारुका चौकी आक्रमणका क्रममा सहादत भएको थियो ।
प्रतिक्रिया दिनुहोस