धादिङ १९ आषाढ
नेपाल र चीनबिचको कुटनैतिक सम्बन्ध थप मजबुत बनाउन आफ्नो कार्यकालमा महत्त्वपूर्ण भूमिका खेल्ने चीनका लागि नेपाली राजदुत विष्णुपुकार श्रेष्ठले बताउनु भएको छ । आइतबार धादिङबेसीमा जिल्ला समन्वय समिति, नीलकण्ठ नगरपालिका र नागरिक संस्थाहरुले गरेको बधाइ तथा सुभकामना कार्यक्रममा बोल्दै श्रेष्ठले सो कुरा बताउनु भएको हो । चीनसँग नेपालको सदियौँदेखिको सुमधुर सम्बन्ध रहेको बताउदै श्रेष्ठले सम्बन्धलाई थप विकसित बनाउन आफू लागिपर्ने बताउनु भयो ।
तिब्बतसँगको व्यापारिक सम्बन्ध तथा अध्ययनका लागि चीन जाने विद्यार्थीहरुको भिषा प्रकृयामा देखिएको समस्या आफूले पहिलो प्राथमिकतामा राखेको बताउदै श्रेष्ठले तिब्बतसँगको व्यापारिक सम्बन्धलाई थप व्यवस्थित बनाउने बताउनु भयो ।
श्रेष्ठले आफू सुरुवाती चरणमा रहेकाले प्रतिबद्धता परिणामा निकालेर देखाउनेतिर ध्यान केन्द्रित गरेको बताउँदै देश, सरकार, संविधानले तोकेको कानुन अनुसार कुटनीतिक सम्बन्ध र व्यवहार अघि बढाएर नेपाल र चीनविचको सम्बन्धमा थप सुधार ल्याउने बताउनु भयो ।
जिल्ला समन्वय समिति धादिङ र नीलकण्ठ नगरपालिकाको संयोजनमा भएको बधाइ तथा शुभकामना कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको अध्यक्षता रहेको थियो भने नवनियुक्त राजदुत श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । यस्तै नीलकण्ठ नगर प्रमुख भिम प्रसाद ढुङ्गाना, बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया, गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामा लगायत विभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, संघ संस्थाका प्रमुख प्रतिनिधि र विभिन्न पालिकाका उप प्रमुख तथा वडा अध्यक्षहरुको आतिथ्य रहेको थियो ।
प्रतिक्रिया दिनुहोस