धादिङ १९ आषाढ
जनयुद्धका जिउदा सहिद एवं नेकपा(माओवादी केन्द्र) धादिङका नेता राम बहादुर भण्डारी माओवादी केन्द्रको केन्द्रीय सदस्य नियुक्त हुनुभएको छ ।
पार्टी केन्द्रको तेस्रो बैठकले आफूलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको र आजै सपथ ग्रहण समेत गरेको भण्डारीले बताउनु भयो । धादिङमा नेकपा माओवादींको स्थापनाकर्तामध्ये भण्डारी एक हुन् ।
उनी जनयुद्धको क्रममा पूर्ण घाइते भएका थिए भने करिब ४ वर्षजति जेल जीवन समेत बिताएका थिए ।
प्रतिक्रिया दिनुहोस