सुमन अधिकारी
धादिङ ३ श्रावण
नीलकण्ठ नगरपालिका १४ का वडा अध्यक्ष फन्द्रा तामाङलाई रड प्रयोग गरी गम्भिर घाइते बनाइएको छ । बिरामी अवस्थाका तामाङ अस्पतालबाट शुक्रबार दिउसो ४ बजेतिर कोठामा आउने क्रममा लुटेराहरुले रडले शरीराका विभिन्न भागमा हानेका हुन् । गम्भीर घाइते तामाङको उपचारका लागि ग्रान्डी अस्पताल लगिएको छ । राजधानीको टोखा नगरपालिका बानियाँटारमा रहेका तामाङलाई रड प्रयोग गरेर घाइते बनाउने लुटेराहरु फरार रहेको र खोजीकार्यका लागि प्रहरीकोमा खबर गरिएको काठमाडौँ बस्दै आएका धुवाकोटका नेकपा नेता सोम्बले तामाङले बताउनु भयो । घाइते तामाङको सल्यक्रिया भइरहेको समेत बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस