धादिङ १८ आषाढ
धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ४ रिजालथोकमा रहेको भगवती धारापानी सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । राष्ट्रिय संरक्षण तथा विकास केन्द्र(एनसिडिसि) को आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा १० हजार विरुवा रोपिएको हो ।
नेपाली सेना, सशस्त्र प्रहरी बल लगायत स्थानीयहरुको सहभागिता रहेको वृक्षारोपण कार्यक्रममा लामो समय वत तथा वातावरणको क्षेत्रमा काम गर्नुभएको धादिङका भूमिरमण नेपाल, राष्ट्रिय संरक्षण तथा विकास केन्द्रकी कार्यक्रम संयोजक नित्या श्रेष्ठ, वरिष्ठ आर्थिक अधिकृत सत्या वज्राचार्य, वन समिति अध्यक्ष मिन बहादुर मल्ल ठकुरी लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय संरक्षण तथा विकास केन्दले वन तथा वातावरणको क्षेत्रमा नियमित वृक्षारोपणका साथै वन उपभोक्ता समितिका सदस्यहरुको जीविकोपार्जन तथा आयआर्जनका क्षेत्रमा समेत काम गर्दै आएको छ । धादिङको नीलकण्ठ–१, डाडाबसाह, सांकोस, नलाङ लगायतका विभिन्न सामुदाियक वनहरुमा संस्थाले वृक्षारोपण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस