धादिङ १८ असार
खनियाबास गाउँपालिकामा बजार अनुगमनलाई तिब्रता दिइएको छ । गाउँपालिकाका उपाध्यक्ष सेकेमान तामाङको टोलीले पालिका भित्र संचालनमा रहेका व्यापार व्यवसायहरुको अनुगमन गर्नुभएको हो ।
अनुगमनका क्रममा म्याद सकिएको सामानहरु भेटिएको छ । उनीहरुलाई एकपटकको निम्ति सम्झाएर छाडिएको र अर्को पटक पनि म्याद सकिएको सामान विक्री वितरण गरेको पाएमा कडा भन्दा कडा कारबाही गर्ने जानकारी गराइएको छ ।
त्यस्तै, निर्माण योजनाको पनि अनुगमन गरिएको छ । अबको दिनहरूमा निर्माण योजनामा पनि पालिकाले कडाइ गर्नेे उपाध्यक्ष तामाङले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस