धादिङ १७ असार
धादिङमा ५ वर्षीया बालिका बलात्कार र अपहरण गरेको आरोपमा १ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ मूलपानीका ४० वर्षीय टङ्कबहादुर वि.क रहेका छन । पीडितका बाबुआमा मेला गएको बेला एक्लै पारेर बालिकालाई असार १५ गते बलात्कार गर्नुका साथै बालिकालाई अपहरण गरि घरतर्फ लगेको भन्दै पीडित परिवारले असार १६ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएको डिएसपी जागेश्वर भण्डारीले बताउनुभयो ।
आरोपित विरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धान पश्चात अदालतमा मुद्दा दायर गरिने प्रहरीले बताएको छ । पीडित परिवारले आरोपितविरुद्ध जबरजस्ती करणी र अपहरण मुद्दामा जाहेरी दिएका छन् ।
पीडितको स्वास्थ्य परीक्षण तथा उपचार असार १६ गते नै धादिङ अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस