बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९र०८० को विनियोजन विधेयक बहुमतले स्वीकृत भएको छ । प्रदेश सभाको बिहिबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको विनियोजन विधेयक–२०७९ लाई पारित गरियोस् भनि पेश गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
त्यस्तै प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ पनि पारित गरिएको छ । बिहीबार विहान ११ बजेदेखि बसेको बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकहरु माथि सांसद्हरुले खर्च कटौतीको प्रस्ताव गरेका थिए । रातोपाटिबाट ।
प्रतिक्रिया दिनुहोस