धादिङ १५ आषाढ
जनवादी गणत्रन्त्र चीनका लागि नेपाली राजदुत विष्णु पुकार श्रेष्ठलाई धादिङमा बधाई, शुभकामना तथा सम्मान कार्यक्रम गरिने भएको छ । धादिङको माटोमा जन्मिएका श्रेष्ठ नेकपा(माओवादी केन्द्र)को सिफारिसमा विश्वकै शक्तिशाली राष्ट्र चीनको राजदुत भएका हुन् ।
श्रेष्ठलाई यही आषाढ १९ गते आइतबार धादिङबेसीमा सम्मान गर्न लागिएको जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति धादिङको मूख्य आयोजना तथा जिल्लामा रहेका सरकारी कार्यालय, संघ संस्थाहरुको सह आयोजना हुने गरी कार्यक्रम तयार गरिएको अधिकारीले बताउनु भयो ।
“धादिङको लागि यो महत्त्वपूर्ण उपलब्धी हो । यत्तिको महत्त्वपूर्ण पद जिल्लाले प्राप्त गरेको अवसरमा बधाई ज्ञापन गर्ने र सफल कार्यकालका लागि शुभकामना दिने कार्यक्रम आयोजना गरेका छौँ ।” अधिकारीले भन्नुभयो ।
राजदुत श्रेष्ठको शुक्रबार सपथ ग्रहण कार्यक्रम रहेको छ ।
श्रेष्ठलाई यही आषाढ ९ गते मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जनवादी गणतन्त्र चीनका लागि आवासीय राजदुतमा नियुक्त गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस