• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Tue, 16, Aug, 2022
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन कम्पनी खोल्ने सरकारको निर्णय

१४ असार २०७९, मंगलवार १८:०६

रेडियो बिहानी संवाददाता

सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनालाई कम्पनी मोडलमा बनाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पब्लिक कम्पनी स्थापना गरेर स्वदेशी लगानीमा बनाउने गरी गरेको प्रस्ताव मंगलबारको मन्त्रिपरिषद् बैठकले पास गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार उर्जा मन्त्रालयको प्रस्तावअनुसार छुट्टै कम्पनी खोल्ने र त्यसैमार्फत आयोजना निर्माणको काम अघि बढाउने निर्णय भएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०७८र०७९ को बजेटमा आयोजनाको निर्माण ढाँचा निर्धारण र स्रोत व्यवस्थापन गरी कार्यान्वयन गर्ने घोषणा गरेको थियो । आगामी आर्थिक वर्ष २०७९र८० बाट आयोजनाका लागि लगानी जुटाएर निर्माण थाल्ने योजना छ ।

ऊर्जा मन्त्रालय स्रोतका अनुसार छुट्टै कम्पनी स्थापना गर्न कम्पनीको विनियमावली र प्रबन्ध पत्रको मस्यौदा लगायत तयार भइसकेको छ । ऊर्जामन्त्री भुसालले कम्पनीको नेतृत्वमा ल्याउन सक्ने व्यक्तिबारे छलफल चलाएकी छिन् ।

आयोजनाको लागि लगानी जुटाउँदा कुन(कुन स्रोत उपयोग गर्ने भन्नेबारे पनि छलफल चलिरहेको छ ।

बूढीगण्डकी आयोजना स्वदेशी पूँजीमा नै बनाउन राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष स्वणिर्म वाग्ले नेतृत्वको सुझाव समितिको प्रतिवेदनले दिएका सुझावअनुसार अघि बढाउने तयारी छ ।

बूढीगण्डकी जलविद्युत् आयोजनामा हालसम्म विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गर्न र प्रभावित क्षेत्रको मुआब्जा वितरणमा सरकारले ४० अर्ब रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ ।

आयोजनाले २०७४ सालदेखि डुवान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा वितरण सुरु गरेकामा हालसम्म गोरखा र धादिङतर्फ ४७ हजार ४३९ रोपनी व्यक्तिगत जग्गाको मुआब्जा करिब ३५ अर्ब रुपैयाँ वितरण गरेको छ । आयोजनाका लागि जम्मा ५८ हजार १५३ रोपनी जग्गा अधिग्रहण गरिंदैछ ।

डुवान क्षेत्रमा पर्ने घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा निर्धारण भएर वितरण चलिरहेको छ । आयोजनाको पुनर्बासका लागि स्थानको पहिचान गर्न र मुआब्जा वितरणमा आएका गुनासो व्यवस्थापन गर्न भने सरकारले अझै आलटाल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भारतको फुटबल महासंघ फिफाबाट निलम्बित, अन्डर–१७ महिला विश्वकपको अधिकार पनि रद्ध

धादिङ सहित नेपालका २४ जिल्लामा सतप्रतिशत धान रोपाइँ सकियो

फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा सत्तारुढ दलका स्थानीय नेताविरुद्ध उजुरी

इजरायलले नेपालबाट १ हजार कामदार लैजाने

देशभर थपिए ४ सय ५५ जनामा कोरोना संक्रमित, २ जनाको ज्यान गयो

हसिया हथौडा चुनाव चिह्नबाटै चुनाव लड्न बाबुराम भट्टराईको समाजवादी पार्टी तयार

धादिङमा आर्थिक वर्ष २०७८/०७९ मा ९७ जनाले गरे आत्महत्या

आइतबार(श्रावण २९ गते) धादिङमा विद्युत सेवा अबरुद्ध हुने

देशभरका सबै मिटरब्याज पीडितहरुलाई भदौ ५ गतेसम्म उजुरी गर्न सरकारको आग्रह

अब सबै स्थानमा फोहोरको वर्गीकरण गर्नुपर्ने, नत्र जरिवाना

युवा समिति धादिङद्धारा धादिङ अस्पतालका विरामीलाई फलफुल वितरण तथा भानुपार्कमा बृक्षारोपण

फोनिज धादिङद्धारा अन्तरक्रिया र सम्मान कार्यक्रम सम्पन्न
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    भारतको फुटबल महासंघ फिफाबाट निलम्बित, अन्डर–१७ महिला विश्वकपको अधिकार पनि रद्ध

  • २

    धादिङ सहित नेपालका २४ जिल्लामा सतप्रतिशत धान रोपाइँ सकियो

  • ३

    फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा सत्तारुढ दलका स्थानीय नेताविरुद्ध उजुरी

  • ४

    इजरायलले नेपालबाट १ हजार कामदार लैजाने

  • ५

    देशभर थपिए ४ सय ५५ जनामा कोरोना संक्रमित, २ जनाको ज्यान गयो

  • ६

    हसिया हथौडा चुनाव चिह्नबाटै चुनाव लड्न बाबुराम भट्टराईको समाजवादी पार्टी तयार

  • ७

    धादिङमा आर्थिक वर्ष २०७८/०७९ मा ९७ जनाले गरे आत्महत्या

  • ८

    आइतबार(श्रावण २९ गते) धादिङमा विद्युत सेवा अबरुद्ध हुने

  • ९

    देशभरका सबै मिटरब्याज पीडितहरुलाई भदौ ५ गतेसम्म उजुरी गर्न सरकारको आग्रह

  • १०

    अब सबै स्थानमा फोहोरको वर्गीकरण गर्नुपर्ने, नत्र जरिवाना

  • ११

    युवा समिति धादिङद्धारा धादिङ अस्पतालका विरामीलाई फलफुल वितरण तथा भानुपार्कमा बृक्षारोपण

  • १२

    फोनिज धादिङद्धारा अन्तरक्रिया र सम्मान कार्यक्रम सम्पन्न

  • १३

    धादिङमा पनि मनाइयो गाईजात्रा

  • १४

    आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै

  • १५

    बिहिबार धादिङका १८ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ५९ पुग्यो

    धादिङ अस्पतालले सुरु गर्‍यो डायलाइसिसको उपचार

  • हाम्रो समाज
    थप

    काङ्ग्रेस वडा सभापति जबरजस्ती करणी अभियोगमा पक्राउ

    आज विश्व आदिवासी दिवस, यी स्थानीय तहमा सार्वजनिक बिदा

    धादिङबेसीमा खानेपानी समस्या सीडीओलाई ध्यानाकर्षण

    नुवाकोट धादिङ सिमानाको बाह्रविसे पुलमुनिस् अज्ञात महिलाको शव भेटियो

    बेग बहादुर तामाङ ‘बेगे’को घरमा फेला परेको सुन र अमेरिकन डलर दुबै नक्कली भएको पुष्टि

    धादिङका बेग बहादुर तामाङ हातहतियार सहित पक्राउ

    वीरगञ्ज भन्सार नाकाबाट इन्धनका आयातमा उल्लेख्य वृद्धि

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    शिव प्रसाद देवकोटा (सञ्जय)

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    शिव लम्साल

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६०४४३९९७

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2022 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑