धादिङ
काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा हैजाको जीवाणु फेला परेको छ। काठमाडौंको बागबजार, ढिल्लीबजार र बूढानिलकण्ठमा हैजाका जीवाणु फेला परेका छन्।
ललितपुरको सानेपामा पनि हैजाको जीवाणु फेला परेको छ।
पानीमा हैजाको जीवाणु रहेको भेटिएपछि ललितपुरमा सडक पेटीमा पानीपुरी र चटपटे विक्री वितरण गर्न ललितपुर महानगरले रोक लगाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पानीका स्रोतमा हैजाका जीवाणु फेला परेका छन्।
धारा, जार, इनारलगायत विभिन्न स्रोतका पानीका नमूना परीक्षण गर्दा हैजाका जीवाणु फेला परेका छन्।
काठमाडौंको बागबजार क्षेत्रका एकै परिवारका दुई जनामा सुरूमा हैजा देखिएपछि सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको थियो। पछिल्लो समय हैजाका बिरामी बढ्दै गएका छन्।
बल्खु र कोटेश्वर क्षेत्रका मानिसमा पनि हैजाका जीवाणु देखिएपछि थप सतर्कता अपनाइएको छ। हैजाका जीवाणु देखिएका बिरामीको टेकु, पाटन, बयोधालगायत अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
्
अनलाईन खबर
प्रतिक्रिया दिनुहोस