धादिङ १२ आषाढ
धादिङको रुबिभ्याली गाउँपालिकामा बैंक पुगेको छ । बैंक अफ काठमाडौको शाखा विस्तार भएसगै रुबिभ्याली गाउँपालिकामा पनि बैंकिङ सेवा पुगेको हो ।
योसगै धादिङका १३ पालिका नै बैंकको पहुचमा रहेका छन् । नवनिर्वाचित गाउँपालिका अध्यक्ष राम सिं तामाङको खाता खोलेर बैंकको सेवा सुरु गरिएको हो ।
भौगोलिक हिसाबले बिकट रुबिभ्यालिमा बैंक पुगेपछि गाउँपालिकाको योजना भुक्तानी लिन धादिङबेसी झर्नु पर्ने बाध्यता अन्त्य भएको बताउदै गाउँपालिका अध्यक्ष तामाङले नयाँ आर्थिक वर्षबाट गाउँपालिकाको सम्पुर्ण आर्थिक कारोबार बैंक अफ काठमाडौसग गरिने जानकारी दिनुभयो ।
स्थानीय तह निर्वाचनको एक कार्यकालसम्म रुबिभ्यालीमा निर्वाचित जनप्रतिनिधिले बैंक सेवा पुर्याउन सकेका थिएनन् । नयाँ जनप्रतिनिधि आएसगै बैंक सेवा सुरु हुदा स्थानीयहरुमा पनि खुसी छाएको छ ।
प्रतिक्रिया दिनुहोस