धादिङ ३ श्रावण
नारी जागरण केन्द्र धादिङको अध्यक्षमा चित्र कुमारी भण्डारी चयन हुन भएको छ । केन्द्रको शुक्रबार धादिङबेसीमा भएको २० औँ वार्षिक साधारण सभा तथा ५ आँै अधिवेशनले भण्डारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्य समितिको उपाध्यक्षमा चन्द्र कुमारी राना मगर, सचिवमा कोपिला भट्ट सिंखडा र कोषाध्यक्षमा सरस्वती श्रेष्ठ निवार्चित भएका छन् भने कार्यकारी निर्देशकमा निवर्तमान अध्यक्ष भगवती उप्रेती चएन हुनुभएको हो । महिला हक अधिकार शान्ति, दिगो विकासको निम्ति भन्ने मूल नाराका साथ शुक्रबार धादिङबेसीमा नारी जागरण केन्द्र धादिङको सामाजिक लेखा जोखा कार्यक्रम, २० औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन कार्यक्रम सम्पन्न भएको हो । केन्द्रकी अध्यक्ष भगवती उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता, धादिङका प्रहरी प्रवक्ता रुपक खड्का, स्वास्थ्य कार्यालय धादिङका प्रमुख विष्णु रिजाल, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, गैर सरकारी महासंघ धादिङका अध्यक्ष एकराज छत्कुली, रेडियो बिहानीका स्टेशन म्यानेजर सञ्जय देवकोटा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री रामशरणले लैङ्गिक हिंसा न्यूनीकरणमा नारी जागरण केन्द्रको महत्त्वपूर्ण भूमिका रहेको बताउदै आगामी दिनमा पनि महिला हक हितका कार्यक्रममा अग्रणी भूमिका निभाउन आग्रह समेत गर्नुभयो ।
गैर सरकारी महासंघ धादिङका अध्यक्ष एकराज छत्कुलीले स्रोत, साधन र आर्थिक अवस्था कमजोर हुँदा हुँदै पनि उत्साहित महिलाहरुको समूह नारी जागरण केन्द्रले महिला हिंसा कम गर्न र सामाजिक जागरण ल्याउन पु¥याएको योगदानको उचित सम्मान गर्नुपर्ने बताउनु भयो ।
स्वास्थ्य कार्यालय धादिङका प्रमुख विष्णु रिजालले मातृ शिशुको स्वास्थ्यका क्षेत्रमा नारी जागरण केन्द्रले सकारात्मक काम गरेको बताउँदै स्थानीय सरकारसँगको सहकार्यलाई अगाडि बढाउनुपर्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नीलकण्ठ नगरपालिका धादिङका मेयर भिम प्रसाद ढुङ्गानाले नेपाल सरकारले गैर सरकारी संघ संस्थालाई राम्रोसँग समेटेर लान नसकेको बतााउ नगरपालिकाले यो आर्थिक वर्षमा काठेपुलमुक्त नगर, सबैको खानेपानीमा पहुच र वडा कार्यालयसम्म बाह्रै महिना चल्ने ग्राबेल मोटरबाटो पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मेयर ढुङ्गानाले कुनै विचार, पार्टीगत सोच र समूहलाई एकातर्फ पन्छाएर नगर विकासको निमित्त सारा नगरबासीहरुले हातेमालो गरेर सहयोग गर्नुपर्ने बताउनु भयो ।
२०५६ सालमा स्थापना भएको नारी जागरण केन्द्रले धादिङको नीलकण्ठ नगरपालिकाका विभिन्न वडा, ज्वालामूखी गाउँ पालिकाका विभिन्न वडा र नेत्रावती गाउँ पालिकाको विभिन्न वडाहरुमा आफ्नो कार्यक्षेत्र बनाइ विभिन्न आए आर्जन, तरकारी घर निर्माण, खानेपानी, मातृशिशु सुरक्षा, महिला समूह निर्माण, लैङ्गिक हिंसा न्यूनीकरण जस्ता कार्यक्रमहरु गर्दै आएको छ । हाल ४४ वटा समूह, ७ वटा सहकारी र ७ हजार भन्दा बढी महिला तथा पुरुषहरु समूहमा आवद्ध रहेका छन् । संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रमको सहजीकरण श्याम बहादुर मगरातीले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस