धादिङ १२ असार
गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ७ दिने क्रिष्टल माला बनाउने तालिम आइतबार सम्पन्न भएको छ ।
निलकण्ठ नगरपालिकाले आयोजना गरेको सो तालिममा १९ जना महिलाको सहभागिता रहेको थियो ।
तालिमको समापन गर्दै नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले लघु उद्यमको लागि क्रिष्टल माला बनाउने तालिम उपयोगी हुने बताउदै लघु उद्यम प्रर्वद्धन गर्न नीलकण्ठ नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । असार ५ गते देखि ७ दिन चलेको तालिममा महिलाहरुले क्रिष्टलबाट माला बनाउन सिकेका छन् ।
तालिमपछि सहभागीहरु क्रिष्टल मालाको व्यवसाय गर्न उत्साहित भएको उद्यम विकास सहजकर्ता राधिका अर्यालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस