धादिङ ११ आषाढ
धादिङको थाक्रे गाउँपालिकाले सहिद, बेपत्ता परिवार, द्धन्द्ध पीडित, घाइते तथा अपाङ्गहरुको जीवन निर्वाहका लागि मासिक ७ हजार ५ सय दिने निर्णय गरेको छ । शुक्रबार सम्पन्न गाउँसभाले उक्त निर्णय गरेको हो । शुक्रबार गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापाले गाउँ सभामा पेस गरेको कुल ९२ करोड २८ लाख ११ हजार बजेट सभाले सर्वसम्मत पास गरेको छ ।
वजेटमा आर्थिक विकासतर्फ ८ करोड १९ लाख ४० हजार विनियोजन गरिएको छ । सामाजिक विकासतर्फ ३२ करोड २९ लाख ६० हजार विनियोजन गरिएको छ ।
पूर्वाधार विकासतर्फ ३९ करोड ३६ लाख १६ हजार बजेट विनियोजन गरिएको छ । यस्तै कार्यालय तथा प्रशासनिकतर्फ ९ करोड ५० लाख, अन्तरसम्बन्धित क्षेत्रतर्फ २ करोड ९२ लाख ९५ हजार बजेटमा समेटिएको छ ।
थाक्रेमा माओवादी जनयुद्धको क्रममा अनिता सुवेदी, विन्दा सुवेदी, इश्वर बस्नेत, किशोर बस्नेत, कमल ढकाल, रमेश कार्की र किल सुवेदीले सहादत प्राप्त गरेका थिए भने इन्द्रबहादुर आचार्य, नवराज आचार्य, हरिशरण थापा, श्याम रुपाखेती दिपक सुवेदी र गोपाल मिजार वेपत्ता छन् ।
प्रतिक्रिया दिनुहोस