गोरखा ११ असार
गोरखाको भीमसेन थापा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९र०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको दशौं गाउँसभाका अध्यक्ष लोकप्रसाद बन्जराले शुक्रबार शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार बिकासमा जोड दिदै नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नीति तथा कार्यक्रममा गाउँपलिकाले भित्र जन्मिएका शिशुका अभिभावकले ३५ दिन भित्रमा जन्मदर्ता गरे निशुल्क बैंक खाता खोलिदिने घोषणा गरेको छ ।
जेष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त र निम्न आय भएका नागरिकहरुका लागि मासिक रुपमा घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रमा घोषणा गरेको छ । त्यस्तै गाउँपालिकाको महिला स्वास्थ्य स्वयसेविकाहरुका लागि निशुल्क बिमा कार्यक्रम लागू गर्ने तथा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकहरुको सेवाको उच्च मूल्याङ्कन गर्दै प्रोत्साहन गर्दै पुरस्कृत गर्ने नीति अबलम्बन गर्ने घोषणा गरेको छ ।
अध्यक्ष बन्जराले सार्वजनिक गर्ने गरेको नीति तथा कार्यक्रममा जटिल प्रकृतिका बिपन्न तथा असाहाय एवम जेष्ठ नागरिक बिरामीको उपचार, गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्य परीक्षण र सुत्केरी सेवाका लागि अस्पताल आउजाउ गर्न एम्बुलेन्स सेवा निशुल्क गर्ने घोषणा गर्नुभयो । गाउँपालिकाले नागरिकहरुमा स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि अश्राङ र खाञ्चोक स्वास्थ्य चौकीमा कम्तिमा एक÷एक जना चिकित्सकको ब्यबस्था गरि सबै वडामा चिकित्सकिय उपलब्ध गराउने घोषणा गरेको छ । त्यस्तै बिपन्न र महिला स्वास्थ्य स्वयसेविकाहरुको निशुल्क बिमा गर्ने घोषणा गरेको छ ।
त्यस्तै कृषि क्षेत्रलाई थप उत्पादनमुखी र रोजगार मुलक बनाई नागरिकको जीवनस्तर उकास्न कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रिकिकरण र व्यवसायिकरणलाई जोड दिदै आत्मनिर्भरता तर्फ उन्मुख गराउने घोषणा गाउँपालिकाले गरेको छ । गाउँपालिकालाई ५ वर्ष भित्रमा फलफूल, तरकारी र खाद्यान्नमा आत्मनिर्भर बनाउन रणनीति तयार गर्ने, खाली जमिनलाई खेर जान नदिन सघन खेती प्रणालीका माध्ययमबाट कृषि उत्पादन गर्ने रणनीति कार्यान्वयनमा नीति तथा कार्यक्रममा जोड दिइएको छ ।
‘एक वडा, एक पशु प्राविधिक’ पशु घुम्ति शिविरको व्यवस्था गरि घर घरमा पशु स्वास्थ्य उपचारको व्यवस्था मिलाउने, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनमा जोड गाउँपालिका अध्यक्ष बन्जराले घोषणा गर्नु भएको छ । गाउँपालिका भित्रका सम्भाव्य पर्यटकीय क्षेत्रहरुको पहिचान गरी त्यसको वृहत्तर एवं एकीकृत विकासको नीति अवलम्बन गर्ने, जनयुद्ध जनआन्दोलन क्रममा सहादत प्राप्त गर्ने शहिद तथा वेपत्ताहरुको सम्मानमा कम्तीमा एक वडा एक योजना तथा परियोजनाहरु सञ्चालन गर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस