धादिङ ११ असार
धादिङको धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । उपमेयर सुरज उप्रेतीले कुल ८८ करोड ५३ लाख २६ हजार रुपैयाको बजेट विनियोजन गर्नुभएको छ ।
गाउँसभाले आगामी आर्थिक बर्षको लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्र्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद व्यवस्थापन लगायतका शिर्षकमा बजेट विनियोजन गरेको छ ।
गाउँसभाले आर्थिक विकास तर्फ रु. ७ करोड ६० लाख ४५ हजार बजेट विनियोजन गरेको छ । सामाजिक विकास तर्फ रु. २९ करोड ३७ लाख ४४ हजार बजेट विनियोजन गरेको छ । पृर्वाधार विकास तर्फ रु. २९ करोड ८० लाख २५ हजार बजेट विनियोजन गरेको छ । कार्यालय तथा प्रशासनिक तर्फ रु. २० करोड १४ लाख ६२ हजार बजेट विनियोजन गरेको छ ।
त्यसै गरी सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ १ करोड ६० लाख ५० हजारको बजेट विनियोजन उपमेयर उप्रेतीले नगरँसभामा प्रस्तुत गर्नु भएको हो ।
बजेट प्रस्तुत गर्नुपूर्व नगरपालिकाका मेयर बालकृष्ण आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस