धादिङ ११ असार
धादिङको थाक्रे गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँँसभाले कुल ९२ करोड २८ लाख ११ हजार रुपैयाको बजेट विनियोजन गरेको छ ।
गाउँसभाले आगामी आर्थिक बर्षको लागि आर्थिक, सामाजिक, पूर्वाधार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद व्यवस्थापन लगायतका शिर्षकमा बजेट विनियोजन गरेको छ ।
गाउँसभाले आर्थिक विकास तर्फ रु. ८ करोड १९ लाख ४० हजार, सामाजिक विकास तर्फ रु.३२ करोड २९ लाख ६० हजार, पृर्वाधार विकास तर्फ रु.३९ करोड ३६ लाख १६ हजार , कार्यालय तथा प्रशासनिक तर्फ रु. ९ करोड ५० लाख बजेट र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ २ करोड ९२ लाख ९५ हजारको बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस