फोटो स्रोत :सामाजिक सञ्जाल
धादिङ ०९ असार
नेत्रावती डबजोङ गाँउपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ ।
गाउँपालिकाले पूर्वाधार तथा संरचना विकास,आर्थिक विकास, सामाजिक विकास, खानेपानी र सिंचाई,पर्यटन क्षेत्र, वातावरण र विपद व्यवस्थापन, कृषि विकास र सहकारी, शिक्षा युवा र खेलकुद लगायतका विषयलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकामा पूर्वाधार विकास निर्माणका कार्यहरुलाई जनताले अनुभुत गर्न सक्नेगरी जनमुखी, पारदर्शी र परिणाममुखी बनाइने बताइको छ ।
गाउँपालिका भित्रका प्रत्येक वडामा कम्तीमा एक एक वटा गाउँपालिका स्तरीय गौरवका आयोजनाहरु संचालन गरिने, स्थानिय तहको केन्द्रदेखि प्रत्येक वडा कार्यलय सम्मको सडकको स्तरोन्नति गरी स्थानिय सडकहरु निर्माण गर्दा सडक छेउका नाला बनाउने र सबै सडक धुलो र हिलो मुक्त बनाई १२ महिना नै सहज रुपमा संचालन ल्याइने गाउँपालिकाका अध्यक्ष रिजालले बताउनु भयो ।
त्यस्तै, विकासका कार्यहरु संचालन गर्दा दिगो विकासको अवधारणा अनुरुप वातावरणीय पक्षको मूल्याङ्कन गरी विकासका कार्य गर्ने निति अवलम्वन गर्ने, प्रत्येक योजना निर्माण गर्दा विरुवा रोप्ने र जर्गेना गर्ने कार्यलाई प्राथमिकता दिने लगायतका निति तथा कार्यक्रम सभामा प्रस्तुत गनुभएको थियो । सार्वजनिक भएका नीति तथा कार्यक्रम गाउँ सभाबाट सर्वसम्मतले पारित गरेको छ ।
गाँउपालिकाको आर्थिक वर्ष २०७९÷८० को बजेट भोलि सार्वजानिक गरिदैछ ।
प्रतिक्रिया दिनुहोस