फोटो स्रोत : समाजिक सञ्जाल
धादिङ ०८ असार
बागमती प्रदेश सरकारको आयोजनामा बुधबार भएको प्रदेश स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगितामा धादिङबाट प्रदेशका लागि छनौट नीलकण्ठ क्याम्पस धादिङकी विद्यार्थी समिक्षा अधिकारी दोस्रो हुन सफल भएकी छिन् ।
बागमती प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालय, प्रदेश युवा परिषदको आयोजनामा भएको प्रतियोगितामा भक्तपुर जिल्लाबाट छनोट भएर आएका प्रवेश तिमल्सिना प्रदेश प्रथम भएका छन् ।
खेलकुद मन्त्री रत्न ढकालद्धारा प्रतियोगितामा प्रथम हुनेलाई रु ३० हजार, दोस्रो हुनेलाई रु २५ हजार, तृतिय हुनेलाई रु २० हजार र सान्त्वना हुनेलाई रु १० हजार नगद सहित पुरस्कृत गरिएको छ ।
प्रतियोगितामा धादिङबाट रोशन कोईराला र समिक्षा अधिकारी छनोट भएका थिए ।
प्रतिक्रिया दिनुहोस