१ अरब २२ करोड एकानब्बे लाख तेइस हजार बजेट विनियोजन
धादिङ ०७ आषाढ
धादिङको नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । मङ्गलबार दोस्रो नगर सभा तथा प्रथम अधिवेशनबाट नगर प्रमुख भिम प्रसाद ढुङ्गानाले सार्वजनिक गर्नुभएको नीति कार्यक्रम पारित भएको छ ।
यस्तै नगर उपप्रमुख दिपक विश्वकर्माले १ अरब २२ करोड ९१ लाख २३ हजारको बजेट विनियोजन गर्नुभएको हो । बजेटमा आर्थिक विकासतर्फ ८ करोड २६ लाख, सामाजिक विकासतर्फ ५२ करोड ४६ लाख, पूर्वाधार विकासतर्फ ३० करोड ३७ लाख विनियोजन गरिएको छ ।
नीति कार्यक्रम तथा बजेटले नागरिकको जीवन रक्षात्मक कार्यहरुमा जोड दिने, बालमैत्री नगर निर्माण गर्ने, कृषिमा व्यवसायीकरण, औद्योगीकरण गर्न सरकारी, सहकारी र नीजि क्षेत्रको सहकार्यमा जोड दिने, आन्तरिक पर्यटनको आकर्षक गन्तव्य बनाउनुका साथै स्थानीय उत्पादनको प्रयोग तथा अगार्निक उत्पादनमा जोड दिने जस्ता प्राथमिकता क्षेत्र तोकेको छ ।
प्रतिक्रिया दिनुहोस