धादिङ ०७ आषाढ
नीलकण्ठ नगरपालिका धादिङले बाल विकास शिक्षकहरुको तलब १५ हजार पु¥याउने घोषणा गरेको छ । मङ्गलबार बजेट भाषण गर्दै नगर उप प्रमुख दिपक विश्वकर्माले बालविकास केन्द्रमा अध्यापन गराउने सहजकर्ताहरुका लागि पारिश्रमिक मासिक १५ हजार दिने घोषणा गर्नुभएको हो ।
यस्तै विद्यालयमा कार्यरत लेखा सहायक, विद्यालय कर्मचारी तथा कार्यालय सहयोगीहरुलाई नगरपालिकाबाट थप अनुदानको व्यवस्था गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ । शिक्षातर्फ संघ, प्रदेशबाट प्राप्त बजेटमा नगरपालिकाले रु ५ करोड ५० लाख थप गर्दै ३९ करोड २३ लाख बजेट विनियोजन भएको छ ।
आर्थिक वर्ष २०७९/०८० का लागि कुल बजेट भने १ अरब २२ करोड ९१ लाख २३ हजार विनियोजन गरिएको छ । । हाल बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुलाई केन्द्र सरकारले ८ हजार र नगरपालिकाले २ हजार मासिक रुपमा दिदै आएको छ ।
प्रतिक्रिया दिनुहोस