धादिङ ०७ आषाढ
नीलकण्ठ नगरपालिका धादिङले नगरपालिकाभित्र दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि बहूप्राविधिक शिक्षालय स्थापना गर्ने प्रथम नगर कार्यपालिका बैठकको निर्णय कार्यान्वयन गर्ने भएको छ ।
मङ्गलबार आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य सार्वजनिक गर्दै नगर उप प्रमुख दिपक विश्वकर्माले बहूप्राविधिक शिक्षालय स्थापनाका लागि १ करोड ५० लाख बजेट बिनियोजन गर्नुभएको हो ।
शिक्षातर्फ संघ, प्रदेशबाट प्राप्त बजेटमा नगरपालिकाले रु ५ करोड ५० लाख थप गर्दै ३९ करोड २३ लाख बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७९/०८० का लागि कुल बजेट भने १ अरब २२ करोड ९१ लाख २३ हजार विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस