पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा समेत वृद्धि भएको छ ।
सोमबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै पछिल्लो पटक बजेटको पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक सवारी र मालवाहक सवारीको भाडा समायोजन गरिएको जनाएको हो ।
विभागका अनुसार यात्रुवाहक सवारीको भाडामा ५.३० प्रतिशतले वृद्धि गरिएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको ६.९४ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको अधिकतम ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको छ । पछिल्लो पटक आइतबार डिजेलको मूल्यमा प्रतिलिटर २७ रुपैयाँसम्मले मूल्यवृद्धि भएसँगै मूल्य समायोजन गर्नु परेको विभागको भनाइ छ ।
आइतबार नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ भने डिजेल र मट्टितेलमा समान प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।
प्रतिक्रिया दिनुहोस