धादिङ ०५ असार
धादिङ बेसीमा मखमलको जुत्ता, चप्पल बनाउने तालिम सम्पन्न भएको छ ।
बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा नीलकण्ठ नगरपालिकाले आयोजना गरेको उक्त तालिममा नीलकण्ठ नगरपालिका वडा नं ८ र ९ का २४ जना महिलाहरुको सहभागिता रहेको थियो ।
तालिममा मखमलको जुत्ता, चप्पल र किरिङ बनाउने सीप प्रदान गरेको उद्यम विकास सहजकर्ता राधिका अर्यालले बताउनुभयो ।
समापन कार्यक्रमलाइ सम्बोधन गर्नु हुदै निलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगानाले तालिमले महिलालाई सिप संगै आयआर्जन गर्ने बाटो खुलेको बताउनुभयो । यस्ता सिपमुलक तालिमले महिला सशक्तिकरणमा टेवा पुग्ने उनको भनाइ छ ।
त्यस्तै तालिममा सहभागि महिलाहरुले तालिम लिन पाउँदा अत्यन्त खुसी भएको भन्दै आफूले उत्पादन गरेको जुत्ता चप्पलको बजार व्यवस्थापन नगरपालिकाले गर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस