धादिङ
नुवाकोट जिल्लामा चिर्पटले हानेर ज्यान लिएको अभियोगमा चारजना पक्राउ परेका छन्।ककनी गा.पा.वडा नं। ०८ बस्ने वर्ष ५६ को एक बहादुर तामाङलाई आफ्नै ससुरालीमा मारेको अभियोगमा चारजना पक्राउ परेका हुन।
घटना विवरण अनुसार २०७९।०३।०२ गते बिहान ०६ बजेको समयमा बेलकोटगढी न.पा. वडा नं ०८ स्थित चन्द्र बहादुर भन्ने बिर बहादुर तामाङको घरमा ककनी गा.पा.वडा नं ०८ बस्ने वर्ष ५६ को एक बहादुर तामाङ आफ्नै ससुरालीमा मृत अवस्था रहेको भन्ने सुचना प्राप्त हुना साथ प्रहरी टोली घटनास्थलमा गएर अनुसन्धान गर्दै जाने क्रममा मिति २०७९।०३।०१ गते राती १२ बजेको समयमा बेलकोटगढी न.पा. वडा नं.०८ स्थित ससुराली घरको कोठामा बेलकोटगढी न.पा.वडा नं.०८ बस्ने मृतकको ससुरा वर्ष ६७ को चन्द्र बहादुर भन्ने बिर बहादुर तामाङ, श्रीमती वर्ष ३५ की ज्ञानमाया तामाङ, जिल्ला नुवाकोट बिदुर न.पा.वडा नं १२ बस्ने वर्ष ३४ को दुखिराम तामाङ र १४ वर्षिय बालक सहित ४ जनाको संलग्नतामा प्लाष्टिकको डोरीले हात खुट्टा बाधी दाउराको चिर्पटले हानी कुटपिट गरी कर्तव्य गरी मारेको भनि जाहेरी दरखास्तको आधारमा उनिहरुलाई पक्राउ परेका हुन।
ज्यान सम्बन्धी कसुर कर्तव्य ज्यान मुद्दामा नुवाकोट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।
अनलाईन खबर
प्रतिक्रिया दिनुहोस