धादिङ ०३ आषाढ
धादिङमा पोथी लाम्खुट्टेबाट सर्ने डेङ्गु रोगका कारण एक जानको मृत्यु भएको जिल्ला अस्पताल धादिङले पुष्टी गरेको छ । जिल्ला अस्पताल धादिङका मेडिकल मेडिकल सुपरिटेन्डेट डा। मधुकर दाहालका अनुसार ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का ५६ वर्षीय रामचन्द्र श्रेष्ठको आज अस्पतालमा डेङ्गु रोगका कारण मृत्यु भएको हो ।
बुधबार स्वस्थ्य परीक्षण गर्न उनी धादिङ अस्पतालमा आएका थिए । ल्याव परिक्षणबाट डेङ्गु रोग लागेको प्रमाणित भएपछि भर्ना गरेर उपचार गर्दै गर्दा ज्यान गएको मेडिकल सुपरिटेन्डेट डा। दाहालले बताउनु भयो ।
बर्खायाम लागेसँगै पोथी लामखुट्टेबाट मानिसमा सर्ने डेंगुका धेरै टाउको दुख्ने, ज्वरो आउने, रिँगटा लाग्ने, जिउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरको मासु पुरै दुख्ने, जोर्नीहरु दुख्ने, बान्ता हुने, आलस्यता हुने जस्ता लक्षणहरु देखा पर्छन ।
शरीरमा रातो दानाहरु आउँछ, स्वासप्रस्वासमा समस्या आउँछ । साथै नाकबाट रगत आउने, रगतमा पानीको मात्रा कम हुने, प्लेटलेट्सको सङ्ख्या एक लाखभन्दा कम हुने, रक्तचाप कम हुने हुँदा सचेत रहन चिकित्सकहरुले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस