धादिङ ०२ आषाढ
बाल मन्दिर माध्यमिक विद्यालय नीलकण्ठ नगरपालिका ३ धादिङमा रक्त समूह परीक्षण शिविर सुरु भएको छ । बिहिबार सुरु भएको शिविरमा २ सय ८८ जना विद्यार्थीहरुको रक्त समूह परीक्षण गरिएको हो । शिविर भोलिसम्म सञ्चालन हुनेछ ।
शिविर सामाजिक रुपान्तरणको लागि स्थानीय प्रयास नेपाल धादिङको आयोजना, बाल मन्दिर माध्यमिक विद्यालयको सह आयोजना तथा युवा रेडक्रस सर्कलको सहकार्य एवं नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको छ ।
विश्व रक्तदाता दिवस २०२२ को अबसरमा नीलकण्ठ माध्यमिक विद्यालय, नीलकण्ठ बहुमुखी क्यामपस र बाल मन्दिर माध्यमिक विद्यालयमा शिक्षक विद्यार्थीहरुको रक्त समूह परीक्षण गरिएको सामाजिक रुपान्तरणको लागि स्थानीय प्रयास नेपाल धादिङका महा सचिव नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यार्थी परिचय पत्रमा रक्त समूह समावेश गर्दा विपत्तिको समयमा रगत उपलब्ध गराउन सहज हुने बताउदै नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखा सभापति नारायण प्रसाद तिमल्सिनाले यो अभियानलाई निरन्तरता दिन पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस