धादिङ ०२ आषाढ
पारस्परिक जवाफदेहिता परियोजनाको समापन एवं नीलकण्ठ साझेदारी मञ्च तथा साझा सभा मार्फत सवाल सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ ।
बिहिबार धादिङबेसीमा भएको कार्यक्रममा परियोजना सञ्चालन भएको स्थानीय तह नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकामा परियोजना सञ्चालन अविधिभर उठेका सवालहरु कत्तिको कार्यान्वयनमा आए र कति कार्यान्वयनको चरणमा रहेका छन् भन्ने कुरा सहभागीहरुलाई जानकारी गराइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नीलकण्ठ नगर उपप्रमुख दिपक विश्वकर्माले परियोजनामार्फत नीलकण्ठ नगरपालिका भित्रका थुप्रै समस्या तथा सवालहरु उठान भएको बताउँदै समय, परिस्थिति र परिवेशसँगै जनताका मागहरु पनि परिवर्तन हुँदै जाने हुँदा नागरिकको आवश्यकता र मागलाई सम्बोधन गर्न थप सहयोग मिल्ने अपेक्षा गर्नुभयो ।
यस्तै जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माले सरकारी तथा गैर सरकारी संस्थाको साझेदारीमै जनतालाई सुसूचित र विकास गर्न सकिएको बताउनुभयो ।
यस्तै समन्वय प्रमुख नवराज अधिकारीले परियोजनाले उठाएका समस्या तथा सवालहरु निरन्तरतामा जोड दिन आवश्यक रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस