धादिङ ०२ आषाढ
घरभित्र मात्र सीमित हुने होइन स्वरोजगार बनेर आफ्नो परिवार पनि पाल्न सक्ने क्षमता महिलाले राख्न सक्छन् भन्ने दृढ अठोटका साथ धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ८ र ९ का महिलाहरु यतिबेला धमाधम सीप सिकिरहेका छन् ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(ःभ्म्एब्) अन्तरगत १० दिने मखमल जुत्ता चप्पल बनाउने तालिममा नीलकण्ठ ८ र ९ का गरिब २४ जना महिलाहरु सक्रिय रुपमा तालिम लिइरहेका छन् ।
बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा नीलकण्ठ नगरपालिकाले आयोजना गरेको उक्त तालिममा मखमलको जुत्ता, चप्पल र किरिङ बनाउने सीप सिकाइरहेको उद्यम विकास सहजकर्ता राधिका अर्यालले बताउनु भयो ।
सानो लगानीमा पनि सुरु गर्न सकिने भएकाले महिलाहरुको आय आर्जन वृद्धि र स्वरोजगार बनाउन अत्यन्तै सहयोग पु¥याउने प्रशिक्षक सजना नहर्कीले बताउनु भयो ।
यसअघि घरमै गृहिणीको भूमिकामा रहेकी नीलकण्ठ ८ की सिर्जना श्रेष्ठ अत्यन्तै महत्त्वपूर्ण र लाभदायक तालिम लिन पाएकोमा खुसी व्यक्त गर्दै आफै व्यवसाय सुरु गर्ने बताउनु हुन्छ ।
सिलाई पेशामा आवद्ध नीलकण्ठ–९ की सीता परियार पनि तालिम लिन पाउँदा अत्यन्त खुसी भएको बताउँदै आफूले उत्पादन गरेका जुत्ता चप्पलको बजार व्यवस्थापन नगरपालिकाले गरिदिए सजिलो हुने बताउनु हुन्छ ।
प्रतिक्रिया दिनुहोस