बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि एक वडा एक स्वास्थ्य क्लिनिक योजना अघि बढाउने भएको छ । बागमती प्रदेश सरकारले आगामी वर्षको बजेट घोषणा गर्दै यो योजना अघि बढाउने जानकारी दिएको हो ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले प्रत्येक वडामा प्राविधिक सहित पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । उनले यसका लागि आगामी वर्षलाई १८ करोड २७ लाख बजेट विनियोजन गरेको बताउनुभयो।
प्रतिक्रिया दिनुहोस