धादिङ ०१ असार
धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिका बाहेक बागमती प्रदेशका सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेका छन् ।
आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले रुबीभ्याली बाहेक सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना भएको बताए । उनले रुबीभ्याली गाउँपालिकामा छिटै वाणिज्य बैंकको शाखा स्थापना गर्न पहल गरिने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस